डिजिटल अपर्चुनिटी एण्ड इनक्लुजन अवार्ड ‘खल्ती’लाई

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार
डिजिटल अपर्चुनिटी एण्ड इनक्लुजन अवार्ड ‘खल्ती’लाई

काठमाडौं ।

डिजिटल अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड ‘खल्ती’ले जितेको छ ।

नेपालको डिजिटल भुक्तानी प्रणालीमा काम गर्दै आएको ‘खल्ती’लाई द वर्ल्ड इनोभेसन, कार्यक्रममा विट्साले अवार्ड दिएको हो।

गत मार्च २३ मा विट्साले गरेको अवार्ड आवहनमा ‘खल्ती’ले पनि निवेदन दिएको थियो।

विभिन्न संस्थाबाट आवेदन पुगेकोमा नतिजाका लागि प्रविधि, सूचना तथा सञ्चार विज्ञलाई निर्णायकका रूपमा राखेर विट्साले नतिजाको तयारी गरि ‘खल्ती’लाई दिएको जनाएको छ।

डिजिटल अपर्चुनिटीइन्क्लुजन अवार्डमा ८० भन्दा बढि देशका प्रतिनिधिहरू सहभागी थिए।

मलेसियामा सेप्टेम्बर १३ देखि १५ सम्म आयोजना भएको विट्सा ग्लोबल इनोभेसन एण्ड एक्सिलेन्स अवार्ड २०२२ अन्तर्गत खल्ती डिजिटलले अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड प्राप्त गर्न सफल भएको विट्साले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...