
काठमाडौं ।
नेपालीले चालु आर्थिक वर्षको साउनमा महिनामा भुक्तानी सेवा प्रदायक (वालेट)बाट १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार साउनमा वालेटबाट १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँको कारोबार भएको देखिन्छ।
असारको तुलनमा वालेटबाट हुने कारोबार रकम केही घटेको देखिन्छ छ। असारमा १७ अर्ब ७५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।
साउनमा भुक्तानीका लागि वालेटको प्रयोग १ करोड ५७ लाख ६१ हजार ३४० पटक भएको छ।
नेपालमा वालेटबाट प्रतिकारोबार ५० हजार रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ गर्न सकिने व्यवस्था छ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार