
काठमाडौं ।
एप्पलले बुधबार आफ्नो ‘फार आउट’ कार्यक्रममार्फत आईफोनको नयाँ सिरिज लन्च गरेको छ। कम्पनीले नेपाली समयअनुसार मध्यरातमा आईफोन १४ सिरिजको घोषणा गरेको हो।
कम्पनीले आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४, आईफोन १४ प्लस, तथा आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स लन्च गरेको छ। यस पटक आईफोन १४ मिनी आईफोनको यो नवीनतम श्रृंखलामा लन्च गरिएको छैन्।
आईफोन १४ श्रृंखलाको स्पेसिफिकेसन
एप्पल आईफोन १४ सिरिजमा कम्पनीले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स लन्च गरेको हो। आईफोन १४ र आईफोन १४ प्लसमा खासै परिवर्तन देखिएको छैन् तर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा परिवर्तन देखिएको छ।
सिरिजका पहिलो दुई डिभाइसहरू अर्थात आईफोन १४ मा ६.१ इन्चको डिस्प्ले र १४ प्लसमा ६.७ इन्चको डिस्प्ले राखिएको छ त्यसैगरी सिरिजका अन्तिम दुई मोडलहरूमध्ये आईफोन १४ प्रोमा ६.१ इन्चको डिस्प्ले र आईफोन १४ प्रो म्याक्समा ६.७ इन्चको ठूलो डिस्प्ले देख्न सकिन्छ।
आईफोन १४ श्रृंखलामध्ये, ए१५ बायोनिक चिप आईफोन १४ र आईफोन १४ प्लसमा देख्न सकिन्छ, जबकि कम्पनीले आईफोन १४ प्रो मोडलहरुमा नयाँ ए१६ बायोनिक चिपसेट प्रदान गरेको छ। यसमा पावर डिस्प्ले र क्यामरामा सुधार भएको बताईएको छ।
आईफोन १४ र आईफोन १४ प्रो दुबै मोडलहरुमा दिनभर टिक्ने ब्याट्री राखिएको छ।
अमेरिकामा उपलब्ध हुने आईफोन १४ हरु सबैमा ईसिम मात्र उपलब्ध हुने जानकारी दिईयो। यस बाहेक आईफोन १४ मा स्याटेलाइट कनेक्सन पनि उपलब्ध हुने घोषणा गरिएको छ जसलाई ‘इमर्जेन्सी एसओएस भिया स्याटेलाइट’ नाम दिईएको छ। यो नोभेम्बरमा पहिले अमेरिका र क्यानाडामा उपलब्ध हुने जानकारी दिईयो।
यसका साथै यसमा दुई नयाँ फिचर रहेको छ जसमा क्र्याश मोड र जाइरोस्कोप राखिएको छ।
यसका साथै ३० वाटको फास्ट चार्जिङ सुविधा पनि सिरिजका स्मार्टफोनहरूसँग आएको छ। त्यस्तै आईफोन १४ सिरिजमामा ब्याट्री क्षमता पनि बढाईएको छ।
आईफोन १४ मा ३,२७९ एमएएच ब्याट्री रहेको छ भने र आईफोन १४ प्रोमा ३,२०० एमएएच ब्याट्री राखिएको बताईएको छ। त्यस्तै, आईफोन १४ म्याक्समा ४,३२५ एमएएचको ब्याट्री भएको बताईएको छ।
यस बाहेक, प्रो मोडेलहरू यूएसबी ३.० (५जीबीपीएस) गतिको साथ अपग्रेड गरिएको लाइटनिंग कनेक्टरको साथ आएका छन्।
यस पटक प्रो मोडलहरुमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामरा राखिएको छ भने दुईओटा १२ मेगापिक्सेलको क्यामरा रहेको छ। यसका साथै फोनले भिडियो खिच्नका लागि ४ के रेकर्डिङ्ग क्षमता समेत रहेको छ भने एक्सन मोड फिचर थपिएको छ। यसमा प्रो रउ नामक फिचर समेत राखिएको छ।
त्यस्तै आईफोन १४ र प्लस मोडलमा १२ मेगापिक्सेलको ड्यूल क्यामरा रहेको छ।
यसमा फ्रन्ट क्यामरा १२ मेगापिक्सेलको छ भने ट्रू डेप्थ फिचर रहेको छ जसले लो लाइटमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्नेछ। आईफोन १४ मोडलहरुमा ड्यूल क्यामरा सिस्टम राखिएको छ।
आईफोन १४ प्रो मोडेलहरुमा पिल-होल डिस्प्ले डिजाइनमा प्यानल देख्न सकिन्छ। फोनमा अलवेज अन डिस्प्ले फिचर समेत छ जुन कम्पनीले आईफोनमा पहिलो पटक ल्याउन लागेको हो।
आईफोन १४ को मूल्य ७९९ डलर तथा आईफोन १४ प्लसको मूल्य ८९९ डलर तोकिएको छ। यी सेप्टेम्बर ९ देखि अर्डर गर्न सकिनेछ।
त्यसैगरी आईफोन १४ प्रोको बजार मूल्य ९९९ डलर तोकिएको छ भने आईफोन १४ प्रो म्याक्स १,०९९ डलर बाट शुरु हुन्छ। प्रो मोडलहरु सेप्टेम्बर १६ देखि उपलब्ध हुनेछन्।
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार