पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

  • Technology Khabar | २२ भाद्र २०७९, बुधबार
पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

काठमाडौं ।

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ।

‘पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो’ पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमाल बताईन्।

दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने हमालले जानकारी दिइन्।

राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनोट गरि बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने छ।

कम्पनीकाअनुसार तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन्। पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरि नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ।

यस्तै, दशैँ महोत्सवको अवधिभरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिने पठाओले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार