काठमाडौं ।
गुगलबाट ठूलो जानकारी बाहिर आएको छ। कम्पनीका प्लेटफर्म र इकोसिस्टमका वरिष्ठ उपाध्यक्ष हिरोशी लकहाइमरका अनुसार एन्ड्रोइड १४ अपरेटिङ सिस्टमले स्याटेलाइट कनेक्टिभिटीलाई सपोर्ट गर्नेछ।
कम्पनीले ” स्याटेलाइट(भूउपग्रह)को लागि डिजाइन” गरिरहेको छ र एन्ड्रोइडको अर्को संस्करणमा यो सुविधा ल्याउन आफ्ना साझेदारहरूलाई सपोर्ट गर्ने हिरोशीले ट्विटरमार्फत पुष्टि गरे।
गुगलको यो जानकारी अर्बपति इलन मस्कको ठूलो तयारीपछि आएको हो। विगतमा इलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले मोबाइल टावरले काम नगर्ने क्षेत्रमा आफ्नो स्याटेलाइट इन्टरनेटमार्फत स्मार्टफोनमा सिग्नल पठाउने बताएका थिए। अमेरिकाको टी मोबाइल र स्पेसएक्सको स्टारलिंक अर्को वर्ष सुरु हुनसक्ने यस परियोजनामा सँगसँगै काम गरिरहेका छन्।
यस्तै हालैको एक रिपोर्टले सुझाव दिएअनुसार एप्पलले आईफोन १४ मा स्याटेलाइट कनेक्सन ल्याउन पनि काम गरिरहेको छ।
स्याटेलाइटमा सीधै जोडिने स्मार्टफोनको साथ प्रयोगकर्ताको अनुभव नियमित सेलुलर कनेक्सन भन्दा धेरै फरक हुने हिरोशी लकहाइमरले संकेत गरे। एन्ड्रोइड १४ मा यो सुविधा सक्षम हुनेछ भन्ने बाहेक उनले धेरै खुलासा गरेनन्।
Wild to think about user experiences for phones that can connect to satellites. When we launched G1 in '08 it was a stretch to get 3G + Wifi working. Now we're designing for satellites. Cool! Excited to support our partners in enabling all of this in the next version of Android!
— Hiroshi Lockheimer (@lockheimer) September 1, 2022
भर्खरै, स्पेसएक्सको स्टारलिंक स्याटेलाइट नेटवर्कले अर्को वर्षदेखि स्मार्टफोनमा सिधा सेवा सुरु गर्ने जानकारी आएको थियो। अर्थात् फोनमा स्याटेलाइटबाट नेटवर्क सिधै आउनेछ। अमेरिकामा यो सेवा सुरु गर्ने तयारी भइरहेको छ।
इलन मस्क र टी-मोबाइलका अध्यक्ष तथा सीईओ माइक सिभर्टले दक्षिणी टेक्सासमा स्पेसएक्सको स्टारबेस सुविधामा वेबकास्ट कार्यक्रमको क्रममा योजनाको घोषणा गरेका थिए। दुवै कम्पनीले कभरेज एबोभ एन्ड बियोन्ड नामक परियोजनामा काम गरिरहेका छन् । यसले टी-मोबाइल ग्राहकहरूलाई जताततै स्मार्टफोन कनेक्सन प्रदान गर्ने लक्ष्य राखेको छ।
यसका साथै एप्पल पनि आफ्नो आगामी आईफोन १४ सिरिजमा स्याटेलाइट कनेक्सन उपलब्ध गराउन इच्छुक छ। भर्खरैको एक रिपोर्टअनुसार, एप्पलको आईफोन १४ मा स्याटेलाइट कम्युनिकेसनको लागि हार्डवेयर परीक्षण स्मार्टफोनको यो श्रृंखला ठूलो उत्पादनको चरणमा पुग्नु अघि नै पूरा भएको थियो।
प्रकाशित: १८ भाद्र २०७९, शनिबार