आईफोन १४ को लन्च भएसँगै एप्पलले आईफोन ११ बन्द गर्न सक्ने

  • Technology Khabar | १८ भाद्र २०७९, शनिबार
आईफोन १४ को लन्च भएसँगै एप्पलले आईफोन ११ बन्द गर्न सक्ने

काठमाडौं ।

एप्पलको बहुप्रतिक्षित आईफोन १४ को आधिकारिक सुरुवात हुन केही दिन मात्रै बाँकी छ। एप्पलको पुरानो चलनलाई हेर्दा यसपटक एप्पलले आईफोन ११ को उत्पादन बन्द गर्न सक्ने आशंका गरिएको छ।

हरेक पटक आईफोनको नयाँ मोडल लन्च गर्दा, एप्पलले पुरानो मोडेल बन्द गर्छ। मिडिया रिपोर्टहरूका अनुसार, एप्पलले आईफोन ११ लाई बन्द गर्न सक्छ, जुन अब लगभग तीन वर्ष पुरानो छ। यो पनि विश्वास गरिएको छ कि नयाँ आईफोन सिरिज लन्च गरेपछि, एप्पलले आईफोन १३ लगायतका केही मोडेलको मूल्य घटाउन सक्छ।

आईफोन १२ र आईफोन १३ को मूल्य अर्को हप्ता घट्ने अनुमान गरिएको छ।

तर जानकारहरूका अनुसार एप्पलको आईफोन ११ बन्द गर्नेमा शंका छ, किनकि यो मोडल पछिल्लो समय सबैभन्दा धेरै बिक्री हुने आईफोन मोडलहरूमध्ये एक भएको छ। यसबाहेक, यो एप्पलका अन्य मोडलहरू भन्दा सस्तो पनि छ।

गत वर्ष, एप्पलले अर्को सस्तो फोन, आईफोन एक्सआर बन्द गरेको थियो।

यद्यपि यो केवल अनुमान मात्र हो, किनकि एप्पलले आईफोन ११ बन्द गर्ने बारे कुनै संकेत दिएको छैन। तर, जससँग आईफोन ११ छ उनीहरूले आत्तिनु पर्दैन, किनभने आईफोन ११ बन्द भएपछि पनि यसले अझै केही वर्षसम्म यसको आवश्यक सफ्टवेयर अपडेटहरू प्राप्त गर्न जारी राख्नेछ।

प्रकाशित: १८ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...