ह्याकरहरूद्वारा रूसको सबैभन्दा ठूलो ट्याक्सी फर्म ह्याक, घण्टौंसम्म ट्राफिक जाम

  • Technology Khabar | १८ भाद्र २०७९, शनिबार
ह्याकरहरूद्वारा रूसको सबैभन्दा ठूलो ट्याक्सी फर्म ह्याक, घण्टौंसम्म ट्राफिक जाम

काठमाडौं ।

ह्याकरहरूले रुसको सबैभन्दा ठूलो क्याब फर्मलाई नियन्त्रणमा लिएर यस हप्ता मस्कोको डाउनटाउनमा दुई घण्टा लामो ट्राफिक जाम गर्न सक्षम भएका छन्।

ट्विटरमा आएका रिपोर्टहरूका अनुसार ह्याकरहरूले यान्डेक्स ट्याक्सी एपलाई हेरफेर गरे र प्रत्येक उपलब्ध क्याबलाई एकै ठाउँमा अर्डर गरेको बेलायतरी अनलाइन मिडिया डेली स्टारले रिपोर्ट गरेको छ।

क्याब चालकहरूले आफूलाई क्षेत्रबाट बाहिर निस्कन असमर्थ भएसँगै मस्कोको कुतुजोभ प्रोस्पेक्ट भनेर चिनिने सडक घण्टौं जाम भएको थियो।

यो साइबर आक्रमणको पछाडि कसको हात थियो भन्ने यकिन छैन तर जाम स्टालिनवादी युगको भवन, अर्थात होटल युक्रेनको बाहिर भएको थियो।

कतिपयले यसलाई रुस–युक्रेन द्वन्द्वसँग जोडिने बताएका छन्। ह्याकर एक्टिभिस्ट एनोनिमसले यसलाई उनीहरूको ‘ओपरसिया (OpRussia)’ को भागको रूपमा दाबी गरेको छ तर तिनीहरूको भूमिका अपुष्ट छ।

ट्याक्सी कम्पनीका प्रवक्ताले साउथफ्रन्टलाई भने, “सुरक्षा सेवाले तुरुन्तै कारहरूलाई कृत्रिम रूपमा जम्मा गर्ने प्रयासहरू रोकेको छ। चालकहरूले नक्कली अर्डरका कारण ट्राफिकमा ४० मिनेट बिताए। क्षतिपूर्तिको मुद्दा निकट भविष्यमा समाधान हुनेछ।”

रिपोर्टकाअनुसार भविष्यमा यस प्रकारका आक्रमणहरू रोक्न मद्दत गर्नका लागि यस्ता आक्रमणहरू पत्ता लगाउन र रोक्नको लागि एल्गोरिदम पहिले नै सुधार गरिएको बताईएको छ।

जब यो ह्याक यान्डेक्स एप प्रयोग गरेर भएको थियो, यसले सेल्फ ड्राइभिङ कारहरू वास्तविकतामा परिणत भएपछि ह्याकरहरूले निम्त्याउन सक्ने खतराहरूलाई हाइलाइट गर्ने डेली स्टारले उल्लेख गरेको छ।

प्रकाशित: १८ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार