सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्ड

  • Technology Khabar | १८ भाद्र २०७९, शनिबार
सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्ड

काठमाडौं ।

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड पाएको हो।

सिद्धार्थ बैंकलाई यस अघि पनि भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अबलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन अवार्डबाट सम्मानित गरेको थियो।

प्रकाशित: १८ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार