एभरेष्ट बैंक र पतंजलीले ल्याए संयुक्त ब्राण्डको क्रेडिट कार्ड

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
एभरेष्ट बैंक र पतंजलीले ल्याए संयुक्त ब्राण्डको क्रेडिट कार्ड

काठमाडौं ।

एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को–ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन्। भारतमा भएको एक कार्यक्रमकाबीच स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्तरुपमा सो कार्डको सुरुवात गरेका हुन् ।

यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । यस्तै सुरुवाती ३ महिनाको लागि जारी शुल्कमा ५० प्रतिशत छुट हुनेछ ।

सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे।

साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार