
काठमाडौं ।
संसारकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजार बन्द भएको छ। विश्वकै ठूलो इलेक्ट्रोनिक्स हबका रुपमा चर्चित चीनको शेन्जेन कोभिड महामारीका कारण बन्द भएको छ।
चीन सरकारले सोमबार कोभिड–१९ को संक्रमण फैलनबाट रोक्नका लागि शेन्जेन बन्द गर्ने निर्णय गरेको हो। चीनको दक्षिणी शहरमा कोभिड तीब्र गतिमा फैलिरहेको छ।
शेन्जेनमा इलेक्ट्रोनिक्स उपकरणको हजारौं स्टिल रहेका छन्। त्यहाँ कम्प्युटरका ठूला पार्ट्सदेखि माइक्रो चिप पनि बिक्रीका लागि उपलब्ध छ। यहाँ कम्प्युटर पार्टस्देखि मोबाइलको सानो हिस्सा तथा माइक्रोचिपका हजारौं स्टल छन्।
उक्त बजार बन्द हुँदा यसको प्रभाव संसारभरको इलेक्ट्रोनिक्स बजारमा देखिने बताईएको छ।
शेन्जेनमा टेलिकम्युनिकेसन इक्यिूमेन्ट कम्पनी ह्वावे, चीनको शीर्ष चिप तथ सेमीकन्डक्टर उत्पादक इन्टरनेशनल कर्प र एप्पलको सप्लायर फक्सकोन लकडाउनबाट प्रभावित भएका छन्। यी सबै कम्पनीहरुले बन्द लूप प्रणाली अनुसरण गर्नुपर्नेछ जसका माध्यमबाट उत्पादन तालिका ट्रयाक गर्न सहज होस्।
शेन्जेनमा बसोबास गर्नेहरुलाई घर बाहिर निक्लने अनुमति छैन। त्यहाँका मानिसहरु कोभिड परीक्षणका लागि मात्र घर बाहिर निस्कन सक्छन्। यस क्षेत्रमा अवस्थित सबै व्यवसाय बिहीबारसम्मका लागि बन्द गरिएको छ।
यहाँ सुपर मार्केट, फार्मेसी र हस्पिटललाई मात्र खुल्ला रहन सक्ने अनुमति दिइएको छ। यी बाहेक सबै व्यवसाय बन्द गरिएको छ।
रेस्टुरेन्ट तथा होटलहरु पनि पूर्ण रुपमा बन्द रहेकाले खानाका लागि अनलाईन डेलिभरी मात्र उपलब्ध छ। यदि चीनको बजार लामो समयसम्म बन्द रह्यो भने यसको प्रभाव संसारभरका टेक्नोलोजी बजारमा पर्नेछ।
प्रकाशित: १६ भाद्र २०७९, बिहीबार