नासाले नयाँ चन्द्र रकेट सेप्टेम्बर ३ मा प्रक्षेपण गर्ने

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
नासाले नयाँ चन्द्र रकेट सेप्टेम्बर ३ मा प्रक्षेपण गर्ने

काठमाडौं ।

नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट दोस्रो पटक प्रक्षेपण गर्ने भएको छ।

यो साताको दोस्रो दिन परीक्षण उडान रद्द भएपछि आउदो शनिबार सेप्टेम्बर ३ अर्थात भदौ १८ गते दोस्रो पटक रकेट प्रक्षेपण गर्न लागेको बीबीसीले जनाएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका ४ आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित भएको हो।

स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।

शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...