
काठमाडौं ।
रोपर टेक्नोलोजीले अमेरिकी कम्पनी फ्रन्टलाइन एजुकेसनलाई प्राप्ति गर्ने भएको छ। रोपर टेक्नोलोजीले ३.७३ अर्ब अमेरिकी डलरमा फ्रन्टलाइन एजुकेसनलाई प्राप्ति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको रोयटर्सले उल्लेख गरेको छ।
के १२ शिक्षाका लागि क्लाउडमा आधारित सफ्टवेयर प्रदान गर्ने फ्रन्टलाइनलाई रोपरको नगद प्रवाहबाट थप बलियो बन्ने विश्वास व्यक्त गरिएको छ।
‘फ्रन्टलाइनले स्पष्ट रुपमा बजार नेतृत्व गरिरहेको छ। बलियो जैविक र अजैविक वृद्धिको प्रमाणित ट्र्याक रेकर्ड, उत्कृष्ट नगद रूपान्तरण, र रोपरको उत्कृष्ट व्यवस्थापन टोलीको साथ एक उत्कृष्ट व्यवसाय भागको रूपमा फस्टाउने छ।’ प्रमुख कार्यकारी नील हुनले भने।
‘फ्रन्टलाइनको व्यवस्थापन टोलीले व्यापारको नेतृत्व गर्न जारी राख्नेछ। जसले फ्रन्टलाइन नाम, ब्रान्ड र अफिस स्थानहरू कायम राख्नेछ,’ रोपरले भनेको छ।
कर सहित यो अधिग्रहणमा करिब ३.३८ बिलियन अमेरिकी डलर खर्च हुनेछ। यो सम्झौता चौथो क्वाटरसम्म सम्पन्न हुने विश्वास गरिएको छ।
फ्रन्टलाइनले सन् २०२३ मा राजश्वमा करिब ३७० मिलियन अमेरिकी डलर योग्दान गर्ने रोपरले विश्वास लिएको छ।
प्रकाशित: १५ भाद्र २०७९, बुधबार