सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

  • Technology Khabar | १४ भाद्र २०७९, मंगलवार
सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक त्यउ(गउ गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नुहुनेछ। मोबाइल बैंकिङ्ग एपमार्फत् फन्ड ट्रान्सफर, बिल भूक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नुहुनेछ। यो योजना २०७९ भदौ १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ ओटा कार्यालय तथा १२० ओटा ए.टि.एम. संचालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal–EU Tech Forum 2026 to spotlight digital innovation and investment opportunities

  • Technology Khabar
  • १४ भाद्र २०७९, मंगलवार