दूरसञ्चार सेवा नभएका स्थानमा माइक्रोवेब प्रणाली

  • Technology Khabar | १४ भाद्र २०७९, मंगलवार
दूरसञ्चार सेवा नभएका स्थानमा माइक्रोवेब प्रणाली

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा नभएका स्थानमा माइक्रोवेब प्रणालीमार्फत सेवा उपलब्ध गराउने भएको छ।

मुलुकका २० प्रतिशत भू–भाग दूरसञ्चार सेवाको पहुँचभन्दा बाहिर रहेको प्राधिकरणले जनाएको छ।

त्यहि भएर माइक्रोवेब प्रणालीमार्फत सेवा उपलब्ध गराउने उद्देश्यका साथ परियोजना लागु गर्न थालेको प्राधिकरणका सहायक प्रवक्ता अत्युतानन्द मिश्रले जानकारी दिए।

चालू आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा दूरसञ्चार सेवा नपुगेका स्थानमा माइक्रोवेबमार्फत सेवा उपलब्ध गराउने कार्यक्रम समेत तय भएको छ।

दूरसञ्चार सेवा प्रदायकमार्फत दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानमा माइक्रोवेब टावर निर्माण गरी दूरसञ्चार सेवा उपलब्ध गराउन १ अर्ब रुपैयाँ छुट्टाइएको छ।

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal–EU Tech Forum 2026 to spotlight digital innovation and investment opportunities

  • Technology Khabar
  • १४ भाद्र २०७९, मंगलवार