पब्जी मोबाइल प्रो लिग साउथ एशियाको कुल पुरस्कार राशी २ करोड

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
पब्जी मोबाइल प्रो लिग साउथ एशियाको कुल पुरस्कार राशी २ करोड

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल)साउथ एशिया ३० अगष्ट अर्थात भदौ १४ गतेदेखि शुरु हुने भएको छ। साउथका उत्कृष्ट पब्जी मोबाइल टिमहरु कुल २ करोड पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन्।

लिक्यूपिडियाका अनुसार पीएमपीएल साउथ एशियाको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर अर्थात १ करोड ९१ लाख २३ हजार रुपैयाँ राखिएको छ।

मंगलबारबाट शुरु हुने प्रतियोगिता २ अक्टोबरसम्म सञ्चालन हुनेछ। दक्षिण एशियाको सर्वाधिक ठूलो पुरस्कार राशीको पब्जी प्रतियोगिताको आयोजनकमा नडविन गेमिङ र क्राप्टन रहेका छन्।

यस प्रतियोगितमा कुल २० टिमको सहभागी छ। प्रतियोगिता लिग र फाइनल गरी दुई चरणमा खेलाइनेछ। लिग चरणमा उत्कृष्ट १६ स्थानमा रहने टिम फाइनलका लागि छनोट हुनेछन्।

लिग चरण ३० अगष्ट देखि २५ सेक्टेम्बरसम्म खेलिनेछ। २० टिमलाई ५ वटा समूहमा विभागजन गरिएको छ। एक दिनमा ६ खेल हुनेछ र सबै टिमले ५/५ खेल खेल्नेछन्। एक हप्तामा खेलिने २५ खेलबाट शीर्ष १२ स्थानमा पर्ने टिमले एउटा अतिरिक्त लिभिक खेल खेल्न पाउँनेछन्।

लिग चरणलाई ३ हप्तामा विभाजन गरिएको छ। ५ दिनको खेललाई एक हप्ता मानिनेछ। दुई दिन अर्को हप्ताको शुरुवातका लागि अफ हुनेछ।
लिग चरणबाट शीर्ष १६ भित्र रहने टिम फाइनका लागि छनोट हुनेछन्। फाइनल ३० सेक्टेम्बरदेखि २ अक्टोबरसम्म खेलाइनेछ। ३ दिनसम्म सञ्चालन हुने फाइनलमा प्रत्येक टिमले १८ खेल खेल्नेछन्।

यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।

फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।

यस प्रतियोगितको पूर्व विजेतको रुपमा स्टलवार्ट ईस्पोर्ट रहेको छ।

यी हुन् सहभागी टिम

  • GodLike Stalwart
  • Deadeyes Guys
  • Trained to Kill
  • IHC Esports
  • JyanMaara
  • Skylightz Gaming
  • SEAL Esports
  • DRS Gaming
  • High Voltage
  • Wizzes Club
  • RAW Officials
  • Gremlin Storm
  • Mabetex Esports
  • ElementriX
  • Deadeyes Warriors
  • Venom Legends
  • Da AtraX Esports
  • TRZ Esports
  • A1 NB Esports
  • 1952

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...