एप्पल स्मार्टवाच प्रो ७ सेप्टेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
एप्पल स्मार्टवाच प्रो ७ सेप्टेम्बरमा सार्वजनिक हुने

काठमाडौं ।

एप्पलले आफ्नो अगामी आईफोन १४ सिरिज ७ सेक्टेम्बरमा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ। एप्पलले उक्त दिन आईफोन १४ सिरिजका साथै स्मार्टवाट प्रो पनि सार्वजनिक गर्ने तयारी गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पलको स्मार्टवाच प्रो विगतको स्ट्यान्डर्ड एप्पल वाचभन्दा भिन्न हुनेछ। नयाँ स्मार्टवाच प्रिमियम हुनुका साथै फरक डिजाइन र ठूलो डिस्प्लेमा उपलब्ध हुनेछ।

आपूर्ति श्रृंखला विश्लेषणका अनुसार यो सम्भवत एप्पल वाच प्रो भनिन्छ। यसको किनारतर्फ सूक्ष्म वक्रताको साथ एक फ्ल्याट डिस्प्ले डिजाइन फिचर गरिएको छ। जुन पूर्ण रुपमा फ्ल्याट पनि हुन सक्छ। यदि यो सत्य हो भने वाच प्रोको फ्ल्याट साइट आईफोन डिजाइन प्रवृतिसँग मिल्दोजुल्दो हुनेछ।

४७ एमएमको आवरण र १.९९ इन्चको डिस्प्ले वाच सिरिज ७ को १.७७ इन्च डिस्प्ले भन्दा उत्कृष्ट हुनेछ। नयाँ वाच प्रोको बारेमा एप्पलको तर्फबाट कुनै आधिकारीक जानकारी भने प्राप्त भएको छैन।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...