
काठमाडौं ।
वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ। मोबाईल एसेसरिजको आयात तथा बिक्री वितरणमा सक्रिय रहेको केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो।
काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसङले नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो।
केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशी ब्यक्त गरे। अर्का सह–संस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास ब्यक्त गरे।
कार्यक्रममा रिभरसङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हासिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए।

रिभरसङले हाल नेपाली बजारमा ६ ओटा स्मार्टवाच र चार इअरबड्स् सार्वजनिक गरेको हो। अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझ सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाइनमा समेत उपलब्ध गराएको छ।
विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भईरहेको रिभरसङ आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको छ।

प्रकाशित: ११ भाद्र २०७९, शनिबार