
काठमाडौं ।
मेटाले प्रयोगकर्ताको सुविधाका लागि कस्टमर सपोर्ट डिभिजन स्थापना गर्ने भएको छ। पोस्ट र एकाउन्ट अप्रत्याशित रुपमा हट्ने समस्या भोगिरहेका प्रयोगकर्ताको सेवाका लागि कम्पनीले कस्टमर सपोर्ट डिभिजन स्थापना गर्न लागेको हो।
मेटाको योजना प्रारम्भिक चरणमा रहेकाले यो सेवा कहिलेदेखि उपलब्ध हुनेछ भनेर भन्न हतार हुने इनग्याजेडले उल्लेख गरेको छ। मेटाको बोर्डले आफ्नो निर्णयहरुको बारेमा प्रयोगकर्ताहरुसाग सञ्चार गर्ने तरिका अझ पारदर्शी हुनुपर्छ भनेर भन्दै आइरहेको छ।
नयाँ सुविधाले फेसबुकमा आउने समस्याहरु हल गर्न प्रयोगकर्तालाई सुविधा प्रदान गर्नेछ। प्रयोगकर्ताहरुले फेसबुकसँग सिधा सम्पर्क नगर्न नसक्दा आफ्ना समस्याहरु हल गर्न जटिलता भोग्दै आएका छन्। कस्टमर सर्भिसका माध्यमबाट प्रयोगकर्ताले अब फेसबुकका प्रतिनिधिसँग बोलेरै आफ्नो समस्या राख्न सक्छन्।
ह्याकिङ वा अन्य माध्यमबाट फेसबुक एकाउन्टमा पहुँच गुमाएका प्रयोगकर्तासँग त्यस्तो समस्या राख्नका लागि केही सिमित विकल्प मात्र उपलब्ध छ। धेरै प्रयोगकर्ता यस सुविधाको उपयोग गर्न नजान्दा पूर्ण रुपमा आफ्नो एकाउन्ट माथिको पहुँच पूर्ण रुपमा गुमाउनु परिरहेको छ। अब कम्पनीका प्रतिनिधिहरुसँग सम्वाद गरेर प्रयोगकर्ताले आफ्नो खाताको दाबी गर्नुका साथै यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।
मेटाले कस्टमर सपोर्ट डिभिजनले प्रयोगकर्तालाई कसरी मद्दत गर्न र यसले कसरी काम गर्न भन्ने विषयको आधिकारिक जानकारी भने दिएको छैन।
प्रकाशित: ११ भाद्र २०७९, शनिबार