शाओमी १२ र शाओमी १२ प्रोको लागि एन्ड्रोइड १३ एमआईयूआई बिटा रोल आउट

  • Technology Khabar | ५ भाद्र २०७९, आईतवार
शाओमी १२ र शाओमी १२ प्रोको लागि एन्ड्रोइड १३ एमआईयूआई बिटा रोल आउट

काठमाडौं ।

शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोनको लागि एन्ड्रोइड १३ मा आधारित एमआईयूआई १३ बिटा कार्यक्रम ल्याएको छ। यो नयाँ सफ्टवेयर सीमित प्रयोगकर्ताहरूको लागि मात्र हुनेछ। चिनियाँ स्मार्टफोन निर्माताले यो अपडेट २०० प्रयोगकर्ताका लागि मात्र रोल आउट हुने बताएको छ।

कम्पनीले आफ्नो ट्विटर ह्यान्डलबाट एन्ड्रोइड १३ मा आधारित एमआईयूआई १३ बिटा बारे विवरण साझा गरेको छ। साथै, कम्पनीले प्रयोगकर्ताहरूलाई अपडेट प्रक्रियामा लामो समय लाग्न सक्ने पनि बताएको छ। यस अवस्थामा, आफ्नो डिभाइसलाई अद्यावधिक गर्नुअघि, वाईफाईमा उपकरणलाई जोड्नुहोस्।

नयाँ अपडेटसँगै प्रयोगकर्ताले केही परिवर्तन पनि देख्न सक्नेछन्। प्रयोगकर्ताहरूले विशेष गरी नयाँ अपडेटमा डिभाइस तताउने र फेस परफरमेन्स आदिमा समस्याहरू सामना गर्न सक्छन्।

एन्ड्रोइड १३ मा आधारित एमआईयूआई १३ बिटा अपडेट केवल शाओमी १२ र शाओमी १२ प्रो डिभाइसका प्रयोगकर्ताहरूको लागि मात्र रोल आउट गरिएको छ।

यी कुराहरूलाई ध्यानमा राख्नुहोस्

यस बाहेक शाओमीले आफ्नो कम्युनिटी फोरम मार्फत बिटा संस्करणको परीक्षण गर्ने प्रयोगकर्ताहरूले पहिले आफ्नो डिभाइसको आवश्यक डाटा ब्याकअप गर्नुपर्छ, त्यसपछि मात्र उनीहरूले नयाँ अपडेटहरू डाउनलोड गर्न भनेको छ। नयाँ अपडेट डाउनलोड गर्दा प्रयोगकर्ताको फोन धेरै तताउन सक्छ र कार्यसम्पादनमा पनि समस्या आउन सक्छ।

शाओमीले बिटा परीक्षकहरूलाई पनि डिभाइसलाई एमआईयूआई बिटामा अनुकूलन गर्न केही समय लाग्न सक्ने बताएको छ। यति मात्र होइन, फोनमा प्रि-इन्स्टल गरिएका एपहरू कम्प्याटिबल नहुन सक्छन् र राम्ररी काम नगर्न सक्छन्। यो अपडेट शाओमी १२ र शाओमी १२ प्रोको लागि फरक फरक फर्मवेयर संस्करणमा आएको छ। दुबै एमआईयूआई बिटा अपडेटहरूको साइज ४ जीबी छ।

शाओमी बाहेक अन्य चिनियाँ कम्पनीहरूले पनि एन्ड्रोइड १३ बिटा अपडेट घोषणा गरेका छन्। एन्ड्रोइड १३ प्रिभ्यू भिभो,आईकू तथा ओप्पोले समेत जारी गरेका छन्।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार