
काठमाडौं ।
नासाले चन्द्रमामा मानिसलाई अवतरण गराउनका लागि विभिन्न १३ स्थानहरु छनोट गरेको छ। नासाले चन्द्रमाको दक्षिणी ध्रुव वरपरका १३ क्षेत्रहरू चयन गरेको छ जुन यो दशकपछि आर्टेमिस कार्यक्रमको पहिलो क्रुड अवतरणको लागि संभावितरुपमा उपयोगमा आउनेछ।
नासाद्वारा अगस्ट १९ मा जारी गरिएका १३ स्थानहरूमा एपोलो १७ पछि पहिलो पटक नासाका अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा लैजाने आर्टेमिस ३ मिसनका लागि मून ल्यान्डरको रूपमा सेवा गर्ने स्पेसएक्सको स्टारसिप भेहिकलले अवतरण गर्न सक्ने बहु साइटहरू समावेश छन्।
नासाको आर्टेमिस अभियान विकास डिभिजनका उप-सहयोगी प्रशासक मार्क किरासिचले ल्यान्डिङ साइटहरूको बारेमा भने, “यी १३ क्षेत्रहरू पहिचान गर्न हाम्रो एजेन्सीका वैज्ञानिकहरू र प्राविधिकहरूसँग धेरै नजिकबाट काम गरेका छन्।”
सबै क्षेत्रहरू वैज्ञानिकहरूका लागि चासोका भएको र आर्टेमिस मिसन योजनाका सिमितताहरु भएको र ती चुनौतीपूर्ण हुन सक्ने उनले बताए।
१३ स्थानहरू, प्रत्येक लगभग १५ बाइ १५ किलोमिटर, दक्षिण ध्रुवको अक्षांशको छ डिग्री भित्र अवस्थित छन्।
प्रत्येक स्थानले धेरै ल्यान्डिङ साइटहरू समावेश गर्दछ, क्षेत्रहरू १०० मिटर भरिका हुनेछन जुन स्टारसिपको लागि अवतरण क्षेत्र हुनेछ। नासा मुख्यालयका प्रमुख अन्वेषण वैज्ञानिक जेकब ब्लीचरले प्रत्येक क्षेत्रमा कम्तीमा १० वटा ल्यान्डिङ साइटहरू भएको र तीमध्ये धेरैमा त्यसभन्दा बढी भएको बताए।
प्रकाश अवस्था परिवर्तनको कारणले गर्दा मिसन कहिले हुन्छ भन्ने आधारमा विभिन्न क्षेत्रहरू चयन गर्न सकिने बताईएको छ। “विशिष्ट अवतरण साइटहरू प्रक्षेपण विन्डोको समयसँग जोडिएको छ, त्यसैले धेरै क्षेत्रहरूले वर्षभरि लन्च गर्न लचिलोपन सुनिश्चित गर्दछ,” एजेन्सीले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
यी छानिएका क्षेत्रहरूले धेरै आवश्यकताहरू पूरा गर्छन्, जसमा साढे छ दिनसम्म सूर्यको प्रकाशमा निरन्तर पहुँच प्रदान गर्ने, आर्टेमिस ३ अवतरणको अवधि, स्थायी रूपमा छायाँ भएका क्षेत्रहरूमा पर्याप्त नजिक हुँदा तिनीहरू अन्तरिक्ष यात्रीहरूद्वारा चन्द्रमामा पुग्न सकिन्छ। ती स्थायी रूपमा छायाँ परेका क्षेत्रहरूले बरफ भण्डार गर्न सक्ने हुँदा वैज्ञानिक चासोका विषय हुन् र भविष्यका चालक दलका मिसनहरूको लागि स्रोत हुन सक्छन्।
तिनीहरूको नाम यस प्रकार छन्:
नासाले सन् २०२५ को अन्त्यतिर आर्टेमिस ३ प्रक्षेपण गरिने अनुमान गरेको छ। त्यसअघि चन्द्रमामा मानिसलाई लानका लागि विभिन्न परीक्षण र अभियान चलाईने छ।
प्रकाशित: ४ भाद्र २०७९, शनिबार