आईएसएसको ‘स्पेस वाक’ स्पेससूट भएको खराबीले अवरूद्व

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
आईएसएसको ‘स्पेस वाक’ स्पेससूट भएको खराबीले अवरूद्व

काठमाडौं ।

एक रूसी अन्तरिक्ष यात्रीको स्पेसवाक स्पेस सुटमा आएको खराबीले अवरूद्व भएको छ। अन्तरिक्ष यात्री ओलेग आर्टेमिएभले आईएसएसमा दूर्लभ स्पेससूट खराबीले समस्याको सामना गर्नुपरेपछि पर्नु एयरलकमा गएको इन्ग्याजेटले जनाएको छ।

परीक्षण मिसन कन्ट्रोलले आर्टेमिएभलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको एयरलकमा फिर्ता हुन आदेश दिएको थियो।

समस्याको सही प्रकृति स्पष्ट देखिदैन। तर, नासाका टिप्पणीकारहरूले सूटको ब्याट्री पावरमा “थोरै उतार–चढ़ाव”आएकाले समस्या देखिएको टिप्पणी गरे।

यात्री आर्टेमिएभ सुरक्षित रूपमा फर्किए र स्टेशनको पावर सप्लाईमा सुधार ल्याई पुनः सञ्चालन सुरु गरेको नासाका प्रवक्ता बब नाभियसले जानकारी दिए। उनले भने,“आर्टेमिएभ, खतरामा नपरेको र विसंगति झेल्नुपरेकोले, फर्कन आदेश दिइएको थियो।”

यो बुधबार १२ बजेको घटना हुँदा यानमा आर्टेमिएभसँगै रूसी डेनिस माट्भीभ इसा रोबोटिक र क्यामरा तथा आउटफिट परिवर्तन गर्ने कार्यको बिचमा थिए।

यो एक हल्का घटना भएको जस्तो देखिएपनि अप्रिय फ्ल्याशब्याकहरू उत्पादन गरेको हुन सक्ने आशंका गरिएको छ।

यसअघि ९ वर्षअघि सन् २०१३ को जुलाईमा इटालियन अन्तरिक्ष यात्री लुका पार्मिटानोको सूट दुई स्पेसवाकको क्रममा लीक भएको थियो।

शुरूमा घटनाबारे केही थाहा नभएपनि दोस्रो पटकको क्रममा, पर्मिटानोको हेलमेट पानीले भरियो र सास फेर्न गाह्रो भएको थाहा भयो। पानी भरिएपनि त्यहि हेलमेटको भरमा ज्यान बचाउन मद्दत गरेको हुनसक्ने नासाको प्रतिवेदनमा उल्लेख छ।

यस्तै बुधबार भएको घटना पनि केही कारणले हुन सक्ने र थाहा हुने नासाले जनाएको छ। यसको अध्ययन शुरू गर्ने र तत्काल समस्या पत्ता लाग्ने नासाले ठोकुवा समेत गरेको छ।

आर्टेमेभको एउटा मुद्दा बनेको समस्या अन्तरिक्ष अन्वेषणको निरन्तर कमजोरीलाई संकेत गरेको विद्वानहरूले औंल्याएका छन्।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...