अभियान्त्रिकी कर्मशालाले विद्युतीय सवारीको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
अभियान्त्रिकी कर्मशालाले विद्युतीय सवारीको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडौं ।

अभियान्त्रिकी कर्मशालाले विद्युतीय सवारीको क्षेत्रमा नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ। विद्युतीय सवारीका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न अभियान्त्रिकी कर्मशालाले भारतको डीआईवाई गुरुसँग साझेदारी गरेको छ।

अभियान्त्रिकी कर्मशाला विगत ५ वर्षदेखि ईभी अनुसन्धान, विकास र फाइबरग्लास उत्पादनमा संलग्न नेपालको इन्जिनियरिङ फर्म हो। भने, डीआईवाई भारतको प्रख्यात ईभी अनुसन्धान, विकास र शिक्षण संस्था हो।

डीआईवाई गुरुले ४ सयभन्दा संस्थाहरुका लागि ५० हजारभन्दा बढी उत्साहित विद्यार्थीहरुलाई अनलाइन पाठ्यक्र र ह्यान्ड्स अन प्रशिक्षण मार्फत उद्योग सान्दर्भिक सीपहरु प्रदान गरिसकेको छ।

डीआईवाई गुरुको कार्यक्रमहरु रोबर्ट बोश, सुजुकी तथा हुन्डाई लगायत कम्पनीले विश्वास गरेका छन्।

डीआईवाई गुरुसँगको हाम्रो साझेदारीले नेपालको ईभी बजारलाई बढावा दिन उत्प्रेरकको रुपमा काम गर्नेछ,’ अभियान्त्रिकीका प्रबन्ध निर्देशक ईन्जिनियर अभिषेक कार्कीले बताए।

डीआईवाई गुरुले अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) अल इन्डिया काउन्सिल फर टेक्निकल एजुकेसन (एआईसीटीई)सँग विद्युतीइ सवारी साधनहरुमा उच्च गुणस्तरीय र मान्यता प्राप्त पाठ्यक्रमहरु विकास गर्न नजिकबाट काम गरिरहेको छ।

न्युन शुल्कमा व्यावहारिक र अद्यावधिक पाठ्यक्रमहरु उपलब्ध गराउनुका साथै रोजगारीको पनि सुनिश्चिता गराउँदै आइरहेको छ।

डीआईवाई गुरुबाट दिक्षित विद्यार्थीहरु टाटा मोटर्स, महिन्द्रा, आईचर, बोश, मारुती सुजुकी र कमिन्स, निशाल लगायत शीर्ष कम्पनीहरुमा कार्यरत छन्।

सन् २०२० मा विश्वव्यापी विद्युतीय सवारीको बजार १६३.०१ बिलियन अमेरिकी अमेरिकी डलर रहेको थियो भने सन् २०३० सम्म ८२३.७५ बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

नेपाल लगायत विश्व बजारमा ईभी विज्ञहरुको माग बढ्दै गइरहेको छ। तर, विद्युतीय क्षेत्रमा जनशक्तिको अभाव छ। मोटर उद्योग संस्थानका अनुसार बीईभी, पीएचईभी र एचईभी बिक्रीमा भएको वृद्धिको तुलनामा ईभी दक्ष जनशक्तिको अभाव छ। भर्खरको एसएमएमटी डाटाका अनुसार मेमा बिक्री भएका सवारी साधानमध्येमा ईभीले २३ प्रतिशत बजार हिस्सा ओगटेको छ। सन् २०२० कुल सवारीमध्ये ईभीको हिस्सा ६.५ प्रतिशत छ।

सम्पूर्ण अटोमोटिभ उद्योग संक्रमणको चरणमा छ र नेपाल पनि यस संक्रमणबाट अछुतो छैन। नेपाल जलविद्युतमा धनी भएकाले विद्यूतीय सवारी साधन नेपालका लागि वरदान हो। ईभीले स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको कुल गार्हस्थ खपत बढाउनुका साथै पेट्रोलियम पदार्थको आयात पनि घटाउनेछ। तर नेपालको ईभी बजारको वृद्धिको प्रमुख चुनौती भनेको दक्ष जनशक्तिको अभाव हो।

‘हामीले नेपालमा ईभी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न डीआईवाई गुरुसँग साझेदारी गरेको हौं,’ कार्कीले भने।

अहिलेको लागि हामी ईभी टेक्नोलोजमा प्रमाणपत्र पाठ्यक्रम शुरु गर्दैछौं। कक्षा ३ सेप्टेम्बर २०२२ देखि शुरु हुनेछ। २० घण्टाको पाठ्यक्रमले ईभी प्रविधि र व्यवसायिक केसहरुको आधारभूत विषयहरु समावेश गर्दछ। यसका लागि कुनै ट्यूशन शुल्क तोकिएको छैन। यद्यपि दर्ता शुल्क ४९९ रुपैयाँ तोकिएको छ। प्रत्येक हप्ता छलफलका लागि एउटा लाभइ कक्षा सञ्चालन गर्ने उनी बताउँछन्।

यो पाठ्यक्रम आईएसओ ९००१ २०१५ प्रमाणित आर एण्डी संस्था भारत डीआईवाई गुरु, अटोमोबाइल स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी)द्वारा प्रमाणित र अल इन्डिया काउन्सिल फर टेक्निकल एजुकेसन (एआईसीटीई)द्वारा डिजाइन गरिएको हो। यो पाठ्यक्रम गैर-प्राविधिक र प्राविधिक विद्यार्थीहरुका लागि समान रुपमा खुला छ। यस पाठ्यक्रममा सहभागी हुनका लागि कम्तिमा प्लस टु उर्तिण भएको हुनु पर्नेछ।

‘यो पाठ्यक्रम शुरुवात हो। हामी निकट भविष्यमा नेपालको स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै अन्य पाठ्यक्रमहरु पनि ल्याउछौं,’ ईन्जिनियर गौरवराज पाण्डेले भने।

इच्छुक विद्यार्थीहरुले लिंक मार्फत कार्यक्रमका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार