कर्णाली प्रदेशमा हेलो मुख्यमन्त्री हटलाइन सेवा पुनः सञ्चालन

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
कर्णाली प्रदेशमा हेलो मुख्यमन्त्री हटलाइन सेवा पुनः सञ्चालन
सांकेतिक तस्बिर

काठमाडौं ।

कर्णाली प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा पुनः सञ्चालन गरेको छ। २०७७ सालमा सञ्चालन गरिएको ‘हेलो मुख्यमन्त्री’ सेवा प्रभावकारी नभएका कारण बन्द गरिएको थियो।

मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुकाअनुसार आवश्यकता महसुस गरेर कार्यक्रमलाई सञ्चालनमा ल्याएको छ। त्यसका लागि निर्देशिका पनि जारी भइसक्यो।

भौगालिक विकटता, टेलिफोनको असुविधालगायतका कारण सुरुवाती चरणमा कार्यक्रम प्रभावकारी बन्न नसकेको उनले स्वीकार गरे। नयाँरूपमा पालिकासँग मिलेर हटलाइन सेवालाई विस्तार गरिने उनको भनाइ छ।

गत वर्ष प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनका लागि २५ लाख बजेट विनियोजन गरेको थियो। प्रदेश सरकारले हालै विद्युतीय गुनासो व्यवस्थापन निर्देशिका जारी गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सुशासन समूह कर्णाली प्रदेश तथा आधा दर्जनभन्दा बढी सङ्घसंस्था र विभिन्न सञ्चार माध्यमले कार्यक्रमलाई अघि बढाउने ऐक्यबद्धता जनाएका छन्। गोरखापत्रबाट

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार