मन्त्रालयले अब विद्युतीय सवारी मात्र खरिद गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
मन्त्रालयले अब विद्युतीय सवारी मात्र खरिद गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएकी छन्। बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताएकी हुन्।

उनले विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताइन। मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुह्लोको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्ने बताइन्। उनले विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीब्ररुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइन्।

उनले भनिन्, ‘‘प्राधिकरणले सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारको विस्तारलाई तीव्र अगाडि बढाउनुपर्छ। ऊर्जा मन्त्रालयमा पनि यही कुरा लागू गरेका छौं। अब खरिद गरिने सवारी साधन विद्युतीय मात्रै हुनुपर्नेछ।’’

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...