
काठमाडौं ।
आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ।
एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन्।
क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ। यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार