पोलस्टारको ओ२ रोडस्टर कन्सेप्ट पोलस्टार ६ को रुपमा उत्पादन हुने

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
पोलस्टारको ओ२ रोडस्टर कन्सेप्ट पोलस्टार ६ को रुपमा उत्पादन हुने

काठमाडौं ।

विद्युतीय सवारी निर्माता पोलस्टाले आफ्नो कन्सेप्ट कार ओ२ रोडस्टरको उत्पादन शुरु गर्ने भएको छ। इलेक्ट्रेकका अनुसार कम्पनीले ओ२ रोडस्टर कन्सेप्टलाई पोलस्टार ६ को नामबाट उत्पादन शुरु गर्ने घोषणा गरेको हो।

स्विडेनको प्रिमियम ईभी ब्रान्ड पोलस्टाले आफ्नो उत्पादन सन् २०१७ देखि शुरु गरेको हो। कम्पनीसँग हाल दुई इलेक्ट्रिक मोडल पोलस्टार १ पीएचईभी र पोलस्टार २ बीईभी रहेको छ।

कम्पनीको अर्को उत्पादन अल इलेक्ट्रिक एसयूभी पोलस्टार ३ हुनेछ। अल इलेक्ट्रिक एसयूभी पोलस्टार ३ अक्टोबरमा सार्वजनिक हुनेछ।

दोस्रो एसयूभी पोलस्टार ४ हुने कम्पनीले घोषणा गरेको छ। यसको विस्तृत विवरणको बारेमा भने कम्पनीले जानकारी दिएको छैन।

सन् २०२० मा कम्पनीले प्रिसेप्ट कन्सेप्ट मोडलको पनि उत्पादन शुरु गर्ने प्रक्रियामा रहेको जानकारी दिएको छ। एक वर्षपछि कम्पनीले प्रिसेप्ट पोलस्टार ५ स्पोर्ट सेडान हुने पुष्टी गरेको थियो। यसको उत्पादन सन् २०२४ देखि शुरु गरिने कम्पनीले जनाएको छ।

ईभी निर्माताले ओ२ रोडस्टर कम्सेप्ट मात्र नभएर पोलस्टार ६ हुने घोषणा गरेका छन्।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...