यान्डेक्सको संस्थापकसँग हिस्सेदारी र दर्ताको बारेमा छलफल गर्दै रुसी सरकार

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार
यान्डेक्सको संस्थापकसँग हिस्सेदारी र दर्ताको बारेमा छलफल गर्दै रुसी सरकार

काठमाडौं ।

रुसी सरकारले रुसी इन्टरनेट जायन्ट यान्डेक्सका संस्थापकसँग हिस्सेदारी, र दर्ताको बारेमा वार्ता गरिरहेको समाचार सार्वजनिक भएको छ।

रूसी सरकारले यान्डेक्सका संस्थापक र शेयरधनी अर्काडी भोलोजसँग नेदरल्याण्ड्सबाट कम्पनीको दर्ता परिवर्तन गर्ने बारेमा वार्ता गरिरहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

भोलोज कथित रूपमा कम्पनीको बौद्धिक सम्पत्ति उनीहरुसँग रह्यो भने यान्डेक्समा आफ्नो हिस्सेदारी छोड्न पनि तयार छ। यान्डेक्सको शेयर छोड्दा भोलोजलाई विदेशमा व्यापार विकास गर्न समेत सजिलो हुने बताईएको छ।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार