
काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% को छुट पाउनेछन्।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ।
प्रकाशित: ३० श्रावण २०७९, सोमबार