फिटबिट एपले पत्ता लगाउने भयो गुगल पिक्सेल घडीको ब्याट्री कमजोरी

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार
फिटबिट एपले पत्ता लगाउने भयो गुगल पिक्सेल घडीको ब्याट्री कमजोरी

काठमाडौं ।

फिटबिट एपले गुगल पिक्सेल घडी (वाच)को ब्याट्रीको कमजोरीबारे पत्ता लगाउने भएको छ।

पिक्सेल वाचको ब्याट्री विवरणहरू एन्ड्रोइडका लागि फिटबिट एपद्धारा थाहा हुने भएको नाइन टू फाइभ गुगलको रिपोर्टमा उल्लेख छ।

गुगल पिक्सेल वाचले अनलाइन राउन्डहरू बनाउँदै आएको छ, यस अघिका स्मार्टवाचको बारेमा जान्नका लागि एपहरू निर्माण गर्दै आएको थियो।
भर्खरै निर्माण गरेको फिटबिट एपले गुगल पिक्सेल वाचको ब्याट्री लाइफबारे जानकारी दिने फिचर रहेको छ।

प्रतिस्पर्धा बजारमा स्मार्टवाच ब्याट्री टिक्ने समयबारे जानकारी आउनु कम्पनी र प्रयोगकर्ताका लागि राम्रो भएको विज्ञहरूको भनाई छ।

फिटबिट एप निर्माण गर्दा स्मार्टवाचको इन्जिनसँगै मानिसको क्रियाकलापलाई समेत हेरिएको रिपोर्टले जनाएको छ। २४ घण्टाको एक दिनमा मान्छेको “पूरा रातको निद्रा ट्र्याक गर्न सामान्यतया ८ घण्टा सुत्दा सन्तुष्ट हुन्छ भन्ने चिकित्सकको भनाई छ।

यस्तै स्मार्टवाचको ब्याट्री जीवनमा ३० प्रतिशत कभर गर्नको लागि आवश्यक छ। जुन गुगल पिक्सेल वाचको कुल ब्याट्री जीवनको २४ घण्टा मानेको छ।

अहिलेसम्म, बजारमा रहेका स्मार्ट वाचको ब्याट्री लाईफ २४ घण्टासम्म टिक्न सकेको छैन। त्यसैले पनि गुगलसँग फिटबिटको स्वामित्व भएपनि सो एपले आगामी पिक्सेल वाचको लागि कस्तो प्रकारको जानकारी ल्याउने छ भन्नेमा प्रष्टाइएको छैन।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार