काठमाडौं ।
युट्युबले आउँदो शरद ऋतुमा स्ट्रिमिङ भिडियो सेवा ‘च्यानल स्टोर’ खोल्ने भएको छ।
युट्युबले भिडियो सेवाहरू स्ट्रिम गर्नका लागि अनलाइन “च्यानल स्टोर” खोल्न चाहन्छ र मनोरञ्जन कम्पनीहरू सहभागी हुन खोजिरहेको वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ।
कम्पनीले शरद ऋतुमा नयाँ च्यानल सुरु गर्ने आशा राखेको छ र यसमा धेरै मनोरन्जन कम्पनीहरू सहभागी हुनेछन्।
सम्भावित स्ट्रिमिङ साझेदारहरूसँग सदस्यता राजस्व साझेदारीको बारेमा कुराकानी भइरहेको स्रोतहरूलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।
प्रकाशित: ३० श्रावण २०७९, सोमबार