
काठमाडौं ।
आर्टिफिसियल इन्टिलेन्सको क्षेत्रमा नयाँ प्रयोग गर्दै फेसबुकको मुख्य कम्पनी मेटाले आफ्नो च्याटबोट सार्वजनिक गरेको छ। कम्पनीले गत शुक्रबार मेटा कन्भर्सेसन एआईको प्रोटोटाइम ब्लेन्डरबोट सार्वजनिक गरेको छ।
च्याटबटले कुनै पनि शीर्षकमा कुराकानी गर्न सक्ने मेटाले जानकारी दिएको दगार्जियनले उल्लेख रेको छ। हालका लागि मेटाको च्याटबोट अमेरिकामा मात्र जारी गरिएको छ। निकट भविष्यमा अन्य देशमा पनि उपलब्ध गराइनेछ।
ब्लेन्टरबोटले कुनै पनि प्रश्नको उत्तर मानिसले जस्तै दिने मेटाको दाबी छ। यस प्रयोगबाट कम्पनी आफ्नो च्याटबोटलाई अधिक प्रभावशाली बनाउने प्रयास गरिरहेको छ। धेरै मासिनसँग कुराकानीको आधारमा च्याटबोटको मेसिन लर्निङ प्रविधि अब्बल बन्ने मेटाले विश्वास लिएको छ। मेटाले भर्चुअल असिस्टेन्ट सिर्जना गर्ने लक्ष्य राखेको छ। जसले मानिसहरुसँग कुराकानी गर्ने र आवश्यक पर्दा मार्गदर्शन प्रदान गर्न सक्छ।
ब्लेन्डरबोट मेटाको पुरानो एलएलएम मोडलमा बनाइएको छ। जसमा पहिलैदेखि ठूलो डाटासेट रहेको छ। एआईमा आधारित च्याटबोटहरु अत्यन्त जोखिमपूर्ण मानिन्छन्। यसको भविष्य के हुन्छ, फाइदा वा नोक्सान, के हुन्छ भनेर कसैले भन्न सक्दैन।
ब्लेन्डरको माध्यमबाट लेखकलाई उपन्यास लेख्न मद्दत मिल्ने दाबी पनि गरिएको छ। च्याटबोटले आफ्नो कुराकानीको सन्दर्भ पनि दिन्छ। जसले गर्दा प्रयोगकताले कुन आधारमा टिप्पणी दिएको भन्ने थाहा पाउन सक्छन्।
जो कोहीले ब्लेन्डरबोटको सिकाइ क्षमतलाई बिगार्न वा ट्रोल गर्ने प्रयास गर्छ। च्याटबटले त्यस्ता व्यक्तिलाई प्रतिक्रिया दिन बन्द गर्न सक्छ। प्रयोगकर्ताको सुरक्षा र ब्लेन्डरबोटबाट मानिसहरुलाई दुव्र्यवहार गर्नबाट रोक्नका लागि गरिएको हो।
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार