सफ्टबैंकले लगानी घाटा पूर्ति गर्न अलिबाबाको ९ प्रतिशत सेयर बेच्ने

  • Technology Khabar | २६ श्रावण २०७९, बिहीबार
सफ्टबैंकले लगानी घाटा पूर्ति गर्न अलिबाबाको ९ प्रतिशत सेयर बेच्ने

काठमाडौं ।

जापानी लगानीकर्ता सफ्टबैंक समूहले चिनियाँ ईकमर्श जायन्ट अलिबाबाको ९ प्रतिशत सेयर बेच्ने भएको छ।

सफ्टबैंक समूहले नयाँ लगानीका लागि कोष जुटाउन र टेक स्टकहरूमा हालैको उथलपुथल पछि आफ्नो अवस्थित पोर्टफोलियोमा भएको घाटा कभर गर्न अलिबाबामा भएको आफ्नो ९ प्रतिशत सेयर बेच्ने घोषणा गरेको हो।

कम्पनीले यो महिना अलिबाबामा २४२ मिलियन एडीआर बेच्ने सहमति भएको सम्झौता प्रयोग गर्ने बताएको छ।

यसले चिनियाँ कम्पनीमा सफ्टबैंकको हिस्सेदारी पहिले २३.७ प्रतिशतबाट घटाएर अब १४.६ प्रतिशतमा झरेको छ।

प्रकाशित: २६ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×