एप्पलको मिक्स्ड रियालिटी हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुने

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
एप्पलको मिक्स्ड रियालिटी हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुने

काठमाडौं ।

एप्पलले आफ्नो पहिलो मिक्स्ड रियालिटी हेटसेट सार्वजनिक गर्ने भएको छ। एप्पलको नयाँ एआर/भीआर हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुनेछ।
गिज्मोचाइनाका अनुसार यस विषयको पुष्टी प्रसिद्ध विश्लेषक मिङ ची कुओबाट भएको हो।

कुओले ट्विटरमा एप्पलले आईफोन पछि अर्को क्रान्तिकारी उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन बजारमा ल्याउने योजना बनाइरहेको छ।

एप्पलको नयाँ मिक्स्ड रियालिटी हेडसेटले अगुमेन्टेड रियालिटी र भर्चुअल रियालिटी कार्यक्षमता प्रदान गर्नेछन्।

यसको मूल्य भने महँगो हुनेछ। रिपोर्ट अनुसार हेडसेटको मूल्य २ हजार देखि २५ सय अमेरिकी डलरको बीचमा हुने अनुमान गरिएको छ।

विश्लेषकका अनुसार मिक्स्ड रियालिटी हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुनेछ। यस हेडसेटको घोषणामा ३ ओटा पक्षहरुमा केन्द्रित हुनेछ। यसमा हेडसेटको एप्लिकेसन, सफ्टवेयर/सर्भिस/डेभलपमेन्ट इकोसिस्टम र हार्डवेयर स्पेसिफिकेसन हुनेछ।

यो बाहेक कम्पनीले किफायती भर्सनको हेडसेट उत्पादन भने सन् २०२५ को शुरुवातदेखि मात्र गर्नेछ।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार