
काठमाडौं ।
निन्टेन्डो स्विच प्रो गेम (मोबाइल खेल सिरिज) अर्को वर्ष सन् २०२३ मा बजारमा आउने भएको छ।
निन्टेन्डोको पार्टपुर्जा उत्पादन गुणस्तर पार्नका लागि समय लागेकाले २०२३ को अन्तमा मात्र नयाँ स्विच प्रो गेम कन्सोल सुरू हुने गीज्मोचाइनाले जनाएको छ।
निर्माण भइरहेको पार्टपूर्जामा हतार गर्दा गुणस्तरियतामा कमि हुने भएकाले पनि नयाँ स्विच प्रो गेम तत्काल शुरु गर्न नसकिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
स्विच प्रो गेम कन्सोल चालु वर्ष सन् २०२२ को अन्त्यमा रिलीज हुने अपेक्षा गरिएको थियो। निन्टेन्डोको स्विच प्रो गेम कन्सोलमा ७२० वटा खेलहरू राख्न सक्ने क्षमता छ।
अवस्थामा फो के डक मोड रहेको गेममा ७ इन्चको स्क्रिनको साथै ह्यान्डहेल्ड ८ मोडलको ६४ जीबमा स्टोर गर्न सकिनुका साथै भित्र निर्मित भण्डारण,७२०/६० फ्रेमहरू, र टेलिभिजन मोडमा १०८० /६० फ्रेम रहेका छन्।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार