नोम्याडले १९ करोड अमेरिकी डलर ह्याकमा १० प्रतिशत बाउन्टी दिने

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
नोम्याडले १९ करोड अमेरिकी डलर ह्याकमा १० प्रतिशत बाउन्टी दिने

काठमाडौं ।

अमेरिकी क्रिप्टो फर्म नोम्याडले ह्याकिङबाट चोरी भएको १९ करोड अमेरिकी डलर फिर्ता ल्याउनेलाई १० प्रतिशत बाउन्टी (पुरस्कार) दिने भएको छ।

नोम्याडले यस विषयको घोषणा ट्विटमा पोस्ट गर्दै गरेको वासिङटनपोस्टले उल्लेख गरेको छ।

यसमा कम्पनीले क्रिप्टो वालेटको ठेगना राखेको छ। जो कोहीले चोरी भएको रकमको ९० प्रतिशत फिर्ता गर्छ। उसलाई ‘ह्वाइट ह्याट’ (गलत नभएको) मानिनेछ।

यदि रकम फिर्ता गरिएको खण्डमा कम्पनीले ह्याकरहरु माथि कानुनी प्रक्रिया अघि नबढाउने दाबी गरेको छ। कम्पनीले अन्य कुनै तरिका अपनाएर भए पनि आफ्नो चोरी भएको रकम फिर्ता गर्नेमा विश्वस्त रहेको पोस्टमा लेखिएको छ।

‘नोम्याड आफ्नो समुदाय, कानुन प्रवर्तन र ब्ल्कचेन विश्लेषण फर्महरुसँग काम गरिरहेको छ र आफ्नो सबै रकम फिर्ता हुनेमा सुनिश्चत छ,’ कम्पनीले लेखेको छ।

गत हप्ता नोम्याडको ईथर र स्टेबलकोइन यूएसडीसी सहित प्रयोगकर्ताको १९० मिलियन अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको थियो।

कम्पनीले अघिल्लो हप्ता विभिन्न ब्लकचेनहरु जोड्ने सफ्टवेयर बनाउन यूएस एक्सचेन्ज कोइनबेस ग्लोबल लगायतका लगानीकर्ताहरुबाट २२ मिलियन अमेरिकी डलर उठाएको थियो।

चोरहरुले नोम्याडको ‘ब्रिज’ लाई लक्षित गरेका थिए। उक्त ब्रिजले प्रयोगकर्ताहरुलाई ब्लकचेनका बीच टोकनहरु स्थानान्तरण गर्न अनुमति दिन्छ।

ब्लकचेन ब्रिज चोरीका लागि टार्गेट बन्न थालेको छ। जसले लामो समयदेखि क्रिप्टो क्षेत्रलाई पिरोलेको छ।

लन्डनस्थित ब्लकचेन एनालिटिक्स फर्म इलिप्टिकका अनुसार सन् २०२२ मा ब्रिजबाट १ अर्ब अमेरिकी डलरभन्दा धेरै चोरी भइसकेको छ।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...