
काठमाडौं ।
रेडमी १० फाइभजी स्मार्टफोन थाइल्याण्ड र इन्डोनेसिया सार्वजनिक भएको छ। इन्ट्रीलेभल फाइभजी स्मार्टफोनको मूल्य २०० अमेरिकी डलर तोकिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
रेडमी १० फाइभजीमा ६.५८ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ जसले फुल एचडीप्लसले १०८० वाई २०४८ रिजोल्यूसन पिक्सल प्रदान गर्छ। ९० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्ने फोनमा गोरिल्ला ग्लास प्रोटेक्सन दिइएको छ।
सेल्फी र भिडियो कलिङका लागि फ्रन्टमा ५ मेगापिक्सल क्यामरा दिइएको छ। ब्याक प्यानलमा ५० मेगापिक्सलको मुख्य क्यामराका साथै १.८ एपर्चर, २ मेगापिक्सल डेप्थ सेन्सर र एलईडी फ्ल्यास छ।
डाइमेनसिटी ७०० चिपले एलपीडीडीआर४एक्स र्याम र यूएफएस २.२ स्टोरेजको डिभाइसलाई शक्ति दिन्छ। फोन ३ स्टोरेज भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेज, ४ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ। ह्याण्डसेट एन्ड्रोइड १२ ओएसका साथ एमआईयूआई १३ बाट सञ्चालित हुन्छ।
५००० एमएएचको ब्याट्रील्े २२.५ वाटको चार्ज सपोर्ट गर्छ। फोनको साइडमा फिंगरप्रिन्ट स्क्यानर र एआई फेस अनलक सेक्युरिटी फिचर दिइएको छ।
फोन अरोरा ग्रिन, क्रोम सिल्भर र ग्रेफाइट ग्रेमा उपलब्ध छ।
प्रकाशित: २२ श्रावण २०७९, आईतवार