
काठमाडौं ।
चीनले दोस्रो पटक पुन प्रयोग गर्न सकिने रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।
चीनले शुक्रबार देशको उत्तरपश्चिममा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च-२एफ क्यारियर रकेट प्रयोग गरी पुन: प्रयोगयोग्य प्रयोगात्मक अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ।
इन-अर्बिट सञ्चालनको अवधि पछि, अन्तरिक्ष यान चीनमा आफ्नो निर्धारित अवतरण साइटमा फर्किनेछ। यसले पुन: प्रयोगयोग्य टेक्नोलोजीहरू र इन-अर्बिट सेवा प्रविधिहरू यसको उडानको क्रममा योजना अनुसार परीक्षण गर्नेछ।
यसले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगको लागि प्राविधिक समर्थन प्रदान गर्ने शिन्ह्वाले रिपोर्ट गरेको छ।
यो प्रक्षेपण लङ मार्च-२एफ क्यारियर रकेटको १८ औं मिशन भएको बताईएको छ।
तर रहस्यमय भेहिकललाई रोबोटिक स्पेस प्लेन मानिएको छ, र लङ्ग मार्च २एफको पर्याप्त पेलोड क्षमताको आधारमा सायद लगभग यूएस स्पेस फोर्सको एक्स-३७बी जत्तिकै साइजको रहेको स्पेसन्यूजले रिपोर्ट गरेको छ।
यसअघि चीनले सेप्टेम्बर २०२० मा पुन: प्रयोग गर्न सकिने परीक्षणकालिन अन्तरिक्ष यान पनि प्रक्षेपण गरेको थियो। त्यो स्पेस भेहिकल बिहीबार प्रक्षेपण गरेको रकेट जस्तै हुन सक्ने अनुमान गरिएको छ। सो यान दुई दिनसम्म माथि रह्यो र चीनमा अवतरणको लागि तल आउनु अघि कक्षमा सानो पेलोड छोडेको स्पेस न्यूजले उल्लेख गरेको छ।
प्रकाशित: २१ श्रावण २०७९, शनिबार