इम्बोस्ड नम्बर नेपाली भाषा लेख्न बार एशोसिएशनको माग

  • Technology Khabar | २१ श्रावण २०७९, शनिबार
इम्बोस्ड नम्बर नेपाली भाषा लेख्न बार एशोसिएशनको माग

काठमाडौं ।

नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेट अर्थात इम्बोस्ड नम्बर नेपाली भाषा (देवनागरी लिपि) मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ।

बारका महासचिव अधिवक्ता अञ्जिता खनालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वद्र्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

“यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ”, विज्ञप्तिमा भनिएको छ, “जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन ।”

बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • २१ श्रावण २०७९, शनिबार