
काठमाडौं ।
अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरूको घर भनेर चिनिने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा परीक्षणको तयारी भइरहेको छ। आईएसएसमा रोबोटिक सर्जनको परीक्षण गरिने भएकोछ।
यदि परीक्षण सफल भयो भने, एक दिन रोबोट सर्जनले अन्तरिक्षमा मानिसको शल्यक्रिया गर्न सक्षम हुनेछन्। नासासँगको सहकार्यमा धेरै वर्षको मेहनतपछि नेब्रास्का विश्वविद्यालयका वैज्ञानिकहरूले मिरा नामक रोबोटको विकास गरेका छन् । यसको पूरा नाम मिनिएचराइज्ड इन भिभो रोबोटिक असिस्टेन्ट (मिरा) (Miniaturized in vivo robotic assistant) हो।
योजना अनुसार सन् २०२४ मा यो सर्जिकल रोबोट अन्तरिक्ष स्टेशनका लागि उड्नेछ, जहाँ यसले आफ्नो शल्यक्रियाको क्षमता देखाउनेछ। मिरा रोबोट युनिभर्सिटी अफ नेब्रास्का-लिंकन (यूएनएल) को कलेज अफ इन्जिनियरिङका प्रोफेसर शेन फरेटरले डिजाइन गरेका हुन्।
डेली मेलको रिपोर्टकाअनुसार नासाले धेरै वर्षदेखि यस अनुसन्धानलाई सहयोग गर्दै आएको छ। अप्रिलमा, स्पेस एजेन्सीले सर्जिकल रोबोट विकास गर्न विश्वविद्यालयलाई १ लाख डलर प्रदान गरेको थियो। रोबोट डिजाइन गर्ने प्रोफेसर शेन फराइटरले नासा लामो समयदेखि यस अनुसन्धानमा सहयोगी रहेको बताएका छन् । “यस कारणले, हाम्रो रोबोटले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडान गर्ने मौका पाउनेछ,” उनले भने।
मिराको तौल दुई पाउण्डभन्दा बढी छ। यो लामो रोबोटिक सिलिन्डर हो। यसमा हिड्न मद्दत गर्नको लागि यसको मुनि दुई मूभेबल प्रङहरू छन्। प्रत्येक प्रङको अन्त्यमा दुईवटा साना औजारहरू छन्। तीमध्ये एउटाले वस्तुहरू समात्छ र अर्कोले काट्ने काम गर्छ। यी उपकरणको सहयोगमा रोबोटले शल्यक्रिया गर्नेछ। तर, यससँग सम्बन्धित सुरक्षा कार्य पूरा हुन अझै बाँकी नै छ।
हाल यी औजार सञ्चालन गर्दा मानवीय सहयोग लिइए पनि आगामी दिनमा यो काम रोबोटले गर्ने तयारी गरेको छ।
प्रोफेसर फारिटरले अन्तरिक्षसँग सम्बन्धित मिसनहरू लामो हुँदै गएको बताए। जब मानिसहरू अन्तरिक्षमा गहिरिएर जान्छन्, उनीहरूलाई कुनै दिन अन्तरिक्षमा शल्यक्रियाको आवश्यकता पर्न सक्छ। त्यो लक्ष्यमा हामी काम गरिरहेका छौं।
स्पेस स्टेशनको यात्राको क्रममा, मिराले डाक्टर वा अन्तरिक्ष यात्रीको निर्देशन बिना काम गर्नेछ। यद्यपि यो अन्तरिक्ष यात्रीहरूको वरिपरि हुनेछैन। परीक्षणको क्रममा यसले माइक्रोवेभ ओभनको आकारको लकर भित्र यसको परीक्षण पूरा गर्नेछ। यस मिशनको एक उद्देश्य भनेको शून्य गुरुत्वाकर्षणमा रोबोटको सञ्चालनमा सुधार गर्नु पनि हो।
यद्यपि प्रोफेसर फारिटरले मिराले ५० देखि १०० वर्षमा आफ्नै काम गर्नेछ भनी अनुमान गरे पनि, २०२४ मिसनको लक्ष्य स्वायत्तता होइन, तर शून्य गुरुत्वाकर्षणमा रोबोटको सञ्चालनलाई राम्रो बनाउनु हो।
यन्त्रलाई अन्तरिक्ष स्टेशन संचार ब्यान्डविथ संरक्षण गर्न र प्रयोगको साथ अन्तरिक्ष यात्रीहरूले खर्च गर्ने समयलाई न्यूनीकरण गर्न स्वायत्त रूपमा काम गर्न प्रोग्राम गरिएको छ।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार