अब इलेक्ट्रिक स्कुटरमा आगो लाग्ने छैन, कोमाकीको नयाँ फायरप्रुफ फेरो फस्फेट ब्याट्री सार्वजनिक

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
अब इलेक्ट्रिक स्कुटरमा आगो लाग्ने छैन, कोमाकीको नयाँ फायरप्रुफ फेरो फस्फेट ब्याट्री सार्वजनिक

काठमाडौं ।

इलेक्ट्रिक सवारी निर्माता कम्पनी कोमाकीले इलेक्ट्रिक स्कुटरलाई आगलागीबाट जोगाउन नयाँ ब्याट्री निर्माण गरेको छ।

भारतमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरमा आगलागीका विभिन्न घटाना घटेका थिए। उक्त घटना पछि भारत सरकारले छानबिन समिति गठन गरेर इलेक्ट्रिक स्कुटरमा फायरप्रुफ ब्याट्री राख्न निर्देशन दिएको थियो।

सम्भावित आगलागीबाट बच्नका लागि कोमाकीले नयाँ लिथियम आयन फेरो फस्फेट ब्याट्री सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

नयाँ फेरो फस्फेट ब्याट्री नियमित लिथियम आयन ब्याट्रीको तुलनामा अधिक आग प्रतिरोधी रहेको कम्पनीको दाबी छ।

कोमाकीका अनुसार एलआईएफईपीओ४ ब्याट्रीमा फलाम हुन्छ जसले अत्याधिक तातोको अवस्थामा सुरक्षा प्रदान गर्छ। यस ब्याट्रीमा कम सेल (करिब एक तिहाई) हुन्छ। ब्याट्री प्याक भित्र उत्पन्न हुने तापक्रमलाई कम गर्न मद्दत गर्छ।

नियमित ब्याट्रीको तुलनामा नयाँ फेरो फोस्फेट ब्याट्रीको चार्ज साइकल २४ सय देखि ३ हजार रहेको छ।

कम्पनीका अनुसार यो ब्याट्रीले फुल चार्जमा ३ सय किमी भन्दा धेरै रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार