एप्पलको एप स्टोर नीति विरुद्ध फ्रान्सेली प्रकाशकहरूद्वारा मुद्दा

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार
एप्पलको एप स्टोर नीति विरुद्ध फ्रान्सेली प्रकाशकहरूद्वारा मुद्दा

काठमाडौं ।

फ्रान्सेली प्रकाशकहरू ले फिगारो र एल’ईक्यूपेले एप स्टोर शुल्कको विषयमा एप्पलको विरुद्धमा मुद्दा हालेका छन्। एप्पलले क्यालिफोर्नियामा अमेरिकी एन्टिट्रस्ट कानूनको उल्लङ्घन गरेकोमा नयाँ क्लास एक्शन मुद्दाको सामना गरिरहेको रोयटर्सले रिपोर्ट गरेको छ।

एप्पलका विरुद्धमा दुई लोकप्रिय फ्रान्सेली समाचार प्रकाशकहरू: ले फिगारो र एल’ईक्यूपेका साथै फ्रान्सेली सामग्री प्रदायकहरूको सङ्घ, ले गेस्टेको लागि एप विकासकर्ताहरूले मुद्दा दायर गरेका हुन्।

एप्पललाई “प्रतिस्पर्धा नष्ट” गर्न डिजाइन गरिएका कार्यहरूसहित, आईओएसमा आधारित मोबाइल उपकरणहरूमा एप वितरणमा आफ्नो एकाधिकार शक्तिको दुरुपयोग गरेको आरोप लगाईएको छ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार