ह्वाट्सएपमा २२ लाखभन्दा बढी भारतीयको खाता माथि प्रतिबन्ध

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार
ह्वाट्सएपमा २२ लाखभन्दा बढी भारतीयको खाता माथि प्रतिबन्ध

काठमाडौं ।

म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले भारतीयको २२ लाखभन्दा धेरै खाता माथि प्रतिबन्ध लगाएको छ। ह्वाट्सएपले जुन महिनामा २२ लाख भन्दा बढी भारतीयको खाता माथि प्रतिबन्ध लगाएको जागरणले उल्लेख गरेको छ।

रिपोर्ट अनुसार जुन १ देखि जुन ३०सम्म उक्त खाताहरु प्रतिबन्ध गरिएको हो। ह्वाट्सएपले गत मेमा १९ लाख खाता, अप्रिलमा १६ लाख र मार्चमा १८.०५ लाख भन्दा धेरै खाता ब्लक गरेको थियो।

गत वर्षदेखि लागु गरिएको नयाँ आईटी नियम अनुसार ठूला डिजिटल प्लेटफर्म (५० लाखभन्दा बढी प्रयोगकर्ता)ले हरेक महिना अनुपालन प्रतिवेदन सार्वजनिक गर्नु पर्ने हुन्छ। उक्त नियम अनुसार आईटी कम्पनीहरुले प्राप्त उजुरी र कारबाहीहरुको विवरण प्रकाशित गर्नु पर्ने हुन्छ।

ठूला सामाजिक सञ्जाल प्लेटफर्महरु अभद्र भाषा, गलल सूचना र झुटो समाचारका कारण आलोचना खेप्नु परिरहेको छ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार