
काठमाडौं ।
टाउको जोडिएका ब्राजिलियन जुम्ल्याहालाई भर्चुअल रियालिटीको सहयोगमा सफलतापूर्वक अलग गरिएको छ।
तीन वर्षीय बर्नार्डो र आर्थर लिमा लन्डनको ग्रेट ओरमन्ड स्ट्रीट अस्पतालको निर्देशनमा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सफलतापूर्वक शल्यक्रिया गरिएको बीबीसीले उल्लेख गरेको छ।
टिमले सीटी र एमआईआई स्याक्नका आधारमा जुम्ल्याहा बालकको आपसी वास्तविकता अनुमान गर्न महिनौंसम्म प्राविधिक परीक्षण गरेका थिए।
यसलाई सर्जन नूर उल ओवासे जिलानीले ‘स्पेस एज स्टफ’ भनेर वर्णन गरेका थिए।
यो अहिलेसम्म सम्पन्न भएको सबैभन्दा जटिल पृथकीकरण प्रक्रियामध्ये एक भएको शल्यक्रियाका लागि अनुदान उपलब्ध गराउने परोपकारी संस्था जेमिनी अनट्वाइन्डले भनेको छ। उक्त संस्था जिलानीले सन् २०१८ मा स्थापना गरेका थिए।
उनले भने ‘पहिलो पटक छुट्टाछुट्टै देशका सर्जनहरुले हेडसेट लगाएका थिए र एउटै ‘भर्चुअल रियालिटी कोठा’बाट शल्यक्रिया सञ्चालन गरेका थिए।’
जुम्ल्याहा बच्चाहरुको सात ओटा शल्यक्रिया गरिएको थियो।
अन्तिम शल्यक्रिया २७ घण्टाभन्दा लामो समयसम्म चलेको थियो। र, त्यसमा करिब १०० मेडिकल स्टाफहरु सहभागी थिए।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार