ड्रोन हमलामा मारिए अलकायदा प्रमुख जवाहिरी

  • Technology Khabar | १७ श्रावण २०७९, मंगलवार
ड्रोन हमलामा मारिए अलकायदा प्रमुख जवाहिरी

काठमाडौं ।

अमेरिकाको ड्रोन हमलाबाट अलकायदाका प्रमुख अल जवाहिरी मारिएका छन्। ड्रोन हमलामा अलकायदाका नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टी गरेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाको गुप्तचर विभाग (सीआईए)ले अफगानिस्तानको राजधानी काबुलमा गरेको आतंकवाद विरोधी हमलामा जवाहिरीको मृत्यु भएको हो।

सीआईएले ड्रोनमार्फत २ ओटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

जवाहिरी अफगानिस्तानको काबुलस्थित एक घरको बरन्डामा रहेको बेला ड्रोन हमला गरिएको थियो। घरमा रहेका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ।

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार