स्मार्ट लाइसेन्स अब विराटनगरबाटै लिन पाइने

  • Technology Khabar | १७ श्रावण २०७९, मंगलवार
स्मार्ट लाइसेन्स अब विराटनगरबाटै लिन पाइने

काठमाडौं ।

विराटनगरबाट सवारीचालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सेवा शुभारम्भ गरिएको छ ।

ड्राइभिङ लाइसेन्सका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको सेवा शुभारम्भ भएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणि भट्टराईले जानकारी दिए।

साउन ११ देखि विराटनगर यातायात व्यवस्था कार्यालयले अनलाइन फाराम खुलाएको हो । भट्टराईका अनुसार सेवाग्राहीले लाइसेन्सका लागि फारामसमेत भर्न थालिसकेका छन् ।

प्रदेश १ मा इटहरीमा मात्रै रहेको सेवा बिर्तामोड, इलाम, धनकुटा, उदयपुर र विराटनगरबाट ट्रायल दिने सेवाको व्यवस्था भएको छ। गोरखापत्रबाट

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार