विपद् सूचना प्रवाह गर्न तुलसीपुरको वडामा सञ्चार सेट राखिने

  • Technology Khabar | १४ श्रावण २०७९, शनिबार
विपद् सूचना प्रवाह गर्न तुलसीपुरको वडामा सञ्चार सेट राखिने

काठमाडौं ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी) वितरण गर्ने भएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसँग सूचना समन्वय गर्नका लागि सञ्चार सेट वितरण गर्न लागिएको हो।

त्यस्तै, सूचना प्राप्त गरेर तत्काल उद्धारका लागि आपत्कालीन कार्य सञ्चालन केन्द्र, नगरप्रमुखको सचिवालयमा राख्न थालिएको छ। शसस्त्र वेसक्याम्प दोघर्रे र इलाका प्रहरी कार्यालयमा समेत वाकीटकी राखिने भएको छ।

सञ्चार सेट सम्बन्धित वडामा सञ्चार सेटबाट पाँच किलोमिटर दूरीसम्म सूचना प्रदान गर्न सकिने विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिकाले वर्षातको समयमा आउने बाढी, पहिरो, डुबानका कारण आउने समस्या समाधानका लागि एक वटा डोजर टिप्पर २४ घण्टा तयारी अवस्थामा राखेको छ। गोरखापत्रबाट

प्रकाशित: १४ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार