रियलमीको एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
रियलमीको एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

काठमाडौं ।

स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ।

गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइमा ४५ दिनसम्म टिक्छ। त्यस्तै यसमा १.८ गीगाहर्जको अक्टाकोर यूनिसोक टी६१२ प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफीको लागि १३ एमपीको क्यामरा रहेको छ।

१७,७९९ रुपैयाँको मुल्यमा ४ जीबी र्याम र ६४ जीबी रोमसहित उपलब्ध सो फोन उक्त मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्टफोनको रुपमा रियलमी सी३१को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ। यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ। हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटि चेकपछि मात्र बजारमा जान्छन्।’

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...