
काठमाडौं ।
भारतमा फाइभजी स्पेक्ट्रमको लिलामी तेस्रो दिनसम्म पनि जारी रहेको छ। बिहीबार तेस्रो दिन फाइभजी स्पेक्ट्रम लिलामीको लागि १ लाख ४९ हजार ६२३ करोड भारुको बोली लागेको बीआरजीले उल्लेख गरेको छ।
बिहीबार १६ चरणसम्म १ लाख ४९ हजार ६२३ करोड भारुको बोली लागेको हो। शुक्रबार चौथो दिनको लिलामी प्रक्रिया अघि बढ्नेछ।
बुधबार १ लाख ४९ हजार ४५४ कारोड भारुको बोली लगेको थियो। बिहीबार बोली रकम १६९ करोड भारुले बढेको छ।
फाइभजी लिलामी प्रक्रियामा मुकेश अम्बानीको रिलयान्स जियो, सुनील भारती मित्तलकोको भारती एयरटेल, भोडाफोन आइडिया र गौतम अडानी सहभागी रहेका छन्। यी सबै कम्पनी फाइभजी स्पेक्ट्रम खरिद गर्ने प्रक्रियामा सहभागी छन्। रिपोर्टका अनुसार रिलायन्स जियो लिलामी प्रक्रियामा सबैभन्दा आक्रामक रहेको छ।
फाइभजी स्पेक्ट्रम लिलामीमा ७२,०९७.८५ मेगाहर्ज स्पेक्ट्रम पेश गरिनेछ। जसको मूल्य न्युनतम ४.३ लाख करोड भारु हुनेछ।
१५ अगष्ट २०२२ सम्म स्पेक्ट्रम वितरण प्रक्रिया पुरा हुनेछ र सेक्टेम्बर-अक्टुबर, २०२२ सम्म भारतको केही हिस्सामा फाइभजी सेवा शुरु हुने बताइएको छ।
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार