आर्थिक समाचार

प्रदेश नं १ को राजधानी विराटनगरबाट स्मार्ट लाइसेन्स वितरण हुने

प्रदेश नं १ को राजधानी विराटनगरबाट स्मार्ट लाइसेन्स वितरण हुने
Global IME Bank

प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ।

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए।

विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए।

प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट चालक अनुमतिपत्र वितरण गर्ने गरिन्छ।

यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको छ। कार्यालयले आगामी एक हप्ताभित्र लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ।

Sajilo Visa
easy care