फेसबुकको विज्ञापन आम्दानी पहिलो पटक घट्यो

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
फेसबुकको विज्ञापन आम्दानी पहिलो पटक घट्यो

काठमाडौं ।

फेसबुकको इतिहासमै विज्ञापन आम्दानी पहिलो पटक घटेसँगै नाफामा ३६ प्रतिशतको कमी आएको छ।

मेटा-स्वामित्वको प्लेटफर्म मालिक मार्क जुकरबर्गलाई फेसबुक र इन्स्टाग्रामको विज्ञापनबाट कुल राजस्व १% घट्दा २८.८ अर्ब अमेरिकी डलर घाटा भएको छ।

बार्षिक भइरहेको ठूलो नाफाले कम्पनीको वृद्धि चरम बिन्दुमा पुग्ने आर्थिक विश्लेषकहरूले बताइरहेका बेला पछिल्लो समय देखिएको आम्दानी घाटाले जुकरबर्ग भर्चुअल रियालिटी प्लेटफर्मलाई परिवर्तन गर्नुका साथै स्थायी कर्मचारी समेत घटाउने योजना बनाउन लागेको बीबीसीले जनाएको छ।

पछिल्लो समय टिकटक जस्ता प्रतिद्वन्द्वीहरू विज्ञापन खर्चको प्रतिस्पर्धामा उत्रिएका कारण मेगाको फेसबुक र इन्स्टाग्रामलाई घाटा लागेको हो।

आम्दानी घाटा हुनु अघि मेटा कम्पनीले फेसबुक र इन्स्टाग्राबाट विश्वव्यापी विज्ञापन बजारको २० प्रतिशत भन्दा बढी हात लिएको थियो।

कोरोना महामारी, युक्रेन तथा रुस युद्ध र ई–वाणिज्य खर्चका कारण फेसबुक र इन्स्टाग्राम लगायत अन्य सामाजिक सञ्जालको आम्दानी अझै घट्न सक्ने भएकाले सबै सर्तक रहन आर्थिक विश्लेषकहरूले सुझाब समेत दिएका छन्।

कम्पनीको सञ्चालन नाफा ३२ प्रतिशतले झरेर ८.४ अर्ब अमेरिकी डलर र खुद नाफा ३६ प्रतिशतले घटेर दोस्रो त्रैमासिकमा ६.७ अर्ब अमेरिकी डलरमा पुगेको छ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s high-tech FDI surges in first 8 months of 2026

  • Technology Khabar
  • १३ श्रावण २०७९, शुक्रबार